सोसल मिडिया
युनिकोड
धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३८.१० अंकले घटेको छ । आज नेप्से परिसूचक १.३५ प्रतिशतले घटेर २,७८१.०० विन्दुमा बन्द भएको छ ।
कारोबार रकम ४१ करोड रुपैयाँले बढेको छ । आज आठ अर्ब नौ करोड ५६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । बुधबार सात अर्ब ६८ करोड ३३ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
यसदिन, सेयर कित्ता कारोबार पनि बढेको छ । एक करोड ७८ लाख ९१ हजार ९१७ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । बुधबार एक करोड ४९ लाख ८६ हजार १४२ कित्ता सेयर कारोबार भएको थियो ।
आज नेपाल पुनर्बिमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टिलरीको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । नेपाल पुनर्बिमा कम्पनीको ६५ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । हिमालयन रिइन्स्योरेन्सको ६० करोड ६९ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ । हिमालयन डिस्टिलरीको ३५ करोड चार लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
आज २४ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, २२७ कम्पनीको सेयरमूल्य घटेको छ । विकास हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१ रुपैयाँ ७० पैसाले बढेको छ ।
कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड र निर्जीवन बिमा समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ ।