सोसल मिडिया
युनिकोड
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ४ सय रुपैयाँले बढेर एक तोला सुनको मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ।
बुधबार प्रतितोला सुन १ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। महासंघका अनुसार एक तोला चाँदी २ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
बुधबार प्रतितोला चाँदी २ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो।