सूनचाँदीको बढ्यो भाउ, तोलाको कति छ ?

बुधबार, भदौ ११, २०८२

नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा एक लाख ९८ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।  

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज तोलामा १५ रुपैयाँले घटेर दुई हजार तीन सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  मंगलबार चाँदी २ हजार ३६० रुपैयाँ कायम भएको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्