चाँदीको मूल्य बढ्दा सुनको भाउ घट्यो, तोलाको कति छ ?

सोमबार, भदौ ९, २०८२

तिजको अघिल्लो दिन नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेर कारोबार भएको हो । 

महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा १ लाख ९७ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सोही सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आइतबार तोलामा २ हजार ३५० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार रु ५ बढेर तोलामा २ हजार ३५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । नेपाली हिन्दु महिलाले मंगलबार तिज मनाउँदै छन् । तिजको अवसरमा सुनचाँदीको व्यापार राम्राे हुने व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्