सुनचाँदीको मूल्य वृद्धि, तोलाको कति ?

शुक्रबार, भदौ ६, २०८२

शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ४०० रुपैयाँ वृद्धि भएको हो । 

जसअनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ । यस्तै बिहीबार सोही सुन तोलामा १ लाख ९४ हजार ८०० रुपैयाँ कायम थियो । 

यसैबिच चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ३१० रुपैयाँ पुगेको महासंघको भनाइ छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्