निरन्तर घटेको सुनको भाउ आज बढ्यो, तोलाको कति पुग्यो ?

बिहीबार, भदौ ५, २०८२

नेपाली बजारमा बिहीबार (भदौ ५) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९४ हजार ८०० रुपैयाँ कायम छ । बुधबार (भदौ ४) छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार २५५ रुपैयाँमा कारोबार भएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्