सुनको भाउ निरन्तर ओरालो, तोलाको कति छ ?

बुधबार, भदौ ४, २०८२

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको १ हजार ६ सय रुपैयाँले घटेको हो।

मंगलबार प्रतितोला १ लाख ९५ हजार १ सय रुपैँयाले कारोबार भइरहेको सुन आज १ लाख ९३ हजार ५ सयमा रुपैयाँमा कारोबार भइरेको छ।

यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । मंगलबार २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको चाँदी आज घटेर २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्