सोसल मिडिया
युनिकोड
साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक एकल एकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक ९.१६ अंकले बढेर २७७०.३९ विन्दुमा अडिएको छ।
अघिल्लो कारोबार दिन आइतबार नेप्से परिसूचक २७.१४ अंकले घटेर २७६१.२२ विन्दुमा झरेको थियो। सो दिन ७ अर्ब ७३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
नेप्से बढेपनि कारोबार रकम आइतबारको तुलनामा घटेको छ। यसदिन ३२० स्क्रिप्सको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार २०९ रुपैयाँमा खरिदबिक्री भए। नेप्से एकल अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको २१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
बुटवल पावरको २० करोडको सेयर कारोबार हुँदा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको १८ करोड र हिमालयन डिस्टिलरीको १७ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये १७५ स्टक्सको मूल्य बढ्दा ७४ वटाको घट्यो। ११ समूहको उपसूचक बढ्दा दुईवटाको मात्रै घट्यो।