सुनको मूल्यमा गिरावट, तोलाको कतिमा ओर्लियो ?

बुधबार, साउन २८, २०८२

नेपाली बजारमा बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेर १ लाख ९६ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी २ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्