निरन्तर घट्दै सुनको भाउ, आज चाँही कति घट्यो ?

मंगलबार, साउन २७, २०८२

आज सुनचाँदीकै मूल्य घटेको छ। सुनको मूल्य आज तोलामा एक हजार तीनसय रुपैयाँ घटेको हो। 

मूल्य घटेर सुनको भाउ आज तोलाको एकलाख ९६ हजार आठसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो सुनको मूल्य एक लाख ९८ हजार एकसय रुपैयाँ थियो। यही साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेको थियो। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।  

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ घटेर दुईहजार तीन सय ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्