कति छ आज सुनको भाउ ?

बिहीबार, साउन २२, २०८२

मंगलबार तोलाको दुई लाख रुपैयाँ नजिक पुगेर हिजो थोरै घटेको सुनको मूल्य आज स्थिर छ। 

मंगलबार हालसम्मकै उच्च मूल्यको रेकड बनाएको सुनको भाउ हिजो तोलामा एकसय रुपैयाँ घटेर एक लाख ९८ हजार चारसय रुपैयाँमा झरेको थियो। 

सुनको भाउ आज पनि सोही मूल्यमा स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार चारसय रुपैयाँमै स्थिर रहेको हो। सोमबार तोलामा एक हजार नौसय रुपैयाँ बढेर सुनको भाउ एक लाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको थियो। 

सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। 

सोमबार सुनको मूल्य एकलाख ९६ हजार ६ सय रुपैयाँ थियो। गएको आइतबार पनि सुनको मूल्य प्रतितोला तीन हजार चारसय रुपैयाँ बढेको थियो। सोमबार भने सुनको मूल्य एकसय रुपैयाँ मात्रै बढेको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर दुईहजार तीन सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्