सोसल मिडिया
युनिकोड
नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख ९६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको १ लाख ९६ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।