सोसल मिडिया
युनिकोड
नेपाली बजारमा शुक्रबार (साउन १६) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार १०० रुपैयाँ कायम छ । बिहीबार (साउन १५) छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।