सोसल मिडिया
युनिकोड
तीन दिनसम्म लगातार घटेर सोमबार स्थिर रहेको सुनको मूल्य आज घटेको छ। आज सुन प्रतितोला ६ सय रुपैयाँ घटेर एक लाख ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको मूल्य एक लाख ९३ हजार हजार ६ सय रुपैयाँ थियाे। याे मूल्य अघिल्लै दिनकाे हाे।
यसअघि गएको आइतबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँ घटेको थियो भने शुक्रबार पाँचसय र बिहीबार दुई हजार चारसय रुपैयाँ घटेको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य भने थोरै बढेको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेर दुई हजार तीनसय रुपैयाँ कामय भएको महासंघले जनाएको छ।