सोसल मिडिया
युनिकोड
नेप्से परिसूचकले आइतबार (साउन ११) बजार खुलेको ६ मिनेटमै गत वर्षको उच्च विन्दुको रेकर्ड तोडेको छ । गत वर्षको साउन ३१ गते बजार ३०००.१ विन्दुसम्म पुगेको थियो । आज यो विन्दु पार भएको हो ।
यस दिन खुलेको ६ मिनेटमा बजार ३००२ विन्दुसम्म पुगेर पुनः झरिरहेको छ । उक्त अवधिमा ८२ करोड एक लाख रुपैयाँको सेयर किनबेच भयो ।