आज पनि घट्यो सुनको भाउ, तोलाको कति छ ?

आइतबार, साउन ११, २०८२

नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि गत हप्ताको शुक्रबार सुन तोलाको १ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी २ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १०:४२
प्रतिक्रिया दिनुहोस्