प्रभु बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा स्वास्थ्योपचार गर्दा विशेष छुट

शुक्रबार, साउन ९, २०८२

प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौं महानगरपालिका– १०, बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा स्वास्थ्योपचार गर्दा विशेष छुट दिइने भएको छ । प्रभु बैंक र फ्रन्टलाइन हस्पिटलबीच बैंकका ग्राहकहरूले १० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो ।

उक्त छुट प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले पाउने बैंकले जनाएको छ ।

उक्त सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष  योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

त्यसैगरी, ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै 'बैंक अफ द इयर २०२३'को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्