सोसल मिडिया
युनिकोड
आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज प्रतितोला दुई हजार एकसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य बढेर सुन आज तोलाको एक लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो सुनको मूल्य प्रतितोला १ हजार आठसय रुपैयाँ बढेर एकलाख ९५ हजार पाँचसय रुपैयाँ पुगेको थियो।
गएको बिहीबारबदेखि सुनको मूल्य लगातार बढिरहेको छ। ६ दिनमा सुनको मूल्य पाँच हजार ६ सय रुपैयाँ बढेको छ। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँ बढेर दुई हजार दुईसय तीनसय ५० रुपैयाँमा कारोबार भइरहेको महांघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।