घट्यो आज सुनको भाउ, तोलाको कति छ ?

बुधबार, असार ३२, २०८२

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला १ हजार ३०० र चाँदीको मूल्य १५ रुपैयाँ घटेको हो । 

जसअनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार २६० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० र चाँदीको मूल्य २ हजार २७५ रुपैयाँ कायम भएको थियो । 

प्रकाशित मिति: बुधबार, असार ३२, २०८२  ११:०९
प्रतिक्रिया दिनुहोस्