सोसल मिडिया
युनिकोड
साहित्य, राजीति र व्यवसायको त्रिवेणीबाट उदाएका सुरेश शिवाकोटी को शब्द शिल्पीमा सजिएको गीत ‘केलाई हतार’ले पछिल्ला दिनमा ख्याती कमाएको छ ।
गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक कोइली स्वर भित्र सुरेशका खँदिला शब्दहरू सजिएका छन्।लोक लयको बान्कीलाई टपक्कै टिपीएको उक्त गीतमा गायक गोविन्दकै संगीत छ।
निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्दमधुर, मोडलहरु जुना गरूङ्ग, सञ्चिता बोलाखे, गोविन्द विवस, प्रेमराज लामिछाने र सन्देश थापा लगायतको अभिनय देख्न सकिन्छ। बहुमुखी प्रतिभाका धनी गीतकार सुरेशको यो नै पहिलो गीत भने होइन । उनले मान्छे चिन्न जानिन नामक गीत सार्वजनिक गरेका थिए।
सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् । एरेन्ज, मिक्सिङ्ग र मास्टरिङ्ग एचवीएन किस्मतले स्टुडियो वनडिवी एचडीमा गरेका छन् ।
दोलखाको माटोमा जन्मे हुर्केका सुरेशले शैलुङको सुन्दरता हाराहारीकै सुन्दर गीतको रचना गर्दै आएका छन्। मौलिक गीतकारको पहिचान बनाएका उनी थप गीत सार्वजनिक गर्ने क्रममा छन्।