रसुवागढीमा आएको बाढीले सवारीसाधन आपूर्तिमा अवरोध पुर्याएपछि नाइमा चिन्तित

बुधबार, असार २५, २०८२

चीनको तिब्बतबाट रसुवागढी नाकामा आएको बाढीले सवारीसाधन आपूर्तिमा गम्भीर अवरोध खडा गरेपछि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) चिन्तित भएको छ। 

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्यले विज्ञप्ति जारी गर्दै रसुवागढी नाकामा रहेको ‘मितेरी पुल’ बगाएको घटनाले नेपालको सवारी आपूर्ति प्रणालीमा ठूलो प्रभाव पारेको बताएकी हुन् । साथै उनले चिन्ता ब्यक्त गर्दै दुख प्रकट गरेकी छिन्। 
 
उनले बाढीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै चाडपर्व नजिकिँदै गर्दा यस्तो अवस्था आउनु झन् गम्भीर विषय बन्दै गएको बताएकी छन् ।नेपालमा भित्रिने ६० प्रतिशतभन्दा बढी सवारीसाधन रसुवाको केरुङ नाका हुँदै आयात हुने गर्छन् । तर मितेरी पुल बगाएपछि उत्तरी नाकाबाट सवारी भित्र्याउने प्रक्रिया पूर्ण रूपमा रोकिएको छ ।

‘चिनियाँ भन्सारबाट क्लियर भइसकेका गाडीहरू अझै नेपाल प्रवेश गर्न सकेका छैनन्,’ विज्ञप्तिमा भनिएका छ, ‘यसले केवल आयातकर्तालाई आर्थिक धक्का पुर्याएको छ, चाडपर्वको तयारीमा रहेका उपभोक्ता र बजार प्रणालीमा समेत प्रत्यक्ष असर पारेको छ ।’

नाइमाले रसुवामा बाढीले निम्त्याएको विपद्को तत्काल उद्धार, राहत, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणलाई सरकार तथा सम्बन्धित निकायले उच्च प्राथमिकता दिनुपर्ने समेत माग गरेको छ । निजि क्षेत्र बाट बाढीले पारेको आहातमा औपचारिक रुपमै चिन्ता ब्यक्त गर्नेमा नाईमा र त्यसको  अध्यक्ष ऋतु सिंह वैद्य पहिले संस्था बनेका छन्। 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  १२:५६
प्रतिक्रिया दिनुहोस्