सोसल मिडिया
युनिकोड
प्रभु बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजंग कार्कीले सोमबार पदभार ग्रहण गरेका छन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गरी कार्कीले आजै बैंकको सञ्चालक समितिको ३८१औँ बैठकको अध्यक्षता गरेर पदभार ग्रहण गरेका हुन् ।
नेपाल राष्ट्र बैंक बालुवाटारमा सम्पन्न शपथग्रहण कार्यक्रममा डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्र तथा बैंक सुपरिवेक्षण विभागका प्रमुख दीर्घ रावलको उपस्थिति थियो । सो अवसरमा प्रभु बैंकका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतकफ पनि उपस्थिति थियो ।
२९ पुस २०८१ मा बसेको बैंकको २३औ वार्षिक साधारणसभामा सर्वसाधारण समूहका शेयरधनीहरूको प्रतिनिधत्व गर्दै बैंकको सञ्चालकमा निर्वाचित भएका कार्की यही १९ असारमा सम्पन्न बैंक सञ्चालक समितिको ३८०औँ बैठकमा बैंक सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् ।
३८ वर्षभन्दा बढी अवधि नेपालको सरकारी सेवामा बिताएर विभिन्न आयोग, विभाग एवं निकायको सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका कार्कीले प्रभु बैंकको अध्यक्षजस्तो पदमा चयन हुनु गर्वको विषय भएको बैंकले जनाएको छ ।
नवनियुक्त अध्यक्ष कार्कीको नेतृत्वबाट प्रभु बैंकको व्यापार व्यवसाय अभिवृद्धि हुनुका साथै समयसापेक्ष अत्याधुनिक प्रविधिसहितको गुणस्तरीय सेवा विस्तारमा थप हौसला मिल्ने विश्वास बैंकले लिएको छ ।