सोसल मिडिया
युनिकोड
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अंकले बढेको छ। एक दशमलव ०९ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ६६० दशमलव ३९ अंकमा कायम भएको हो। मंगलबार ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता सेयर ७० हजार २१४ पटक खरिदबिक्री हुँदा सात अर्ब तीन करोड ३० लाख ५० हजार २८६ रुपैयाँ बराबरको कारोबार भएको छ।
उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ।
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सबैभन्दा धेरै नौ दशमलव ८७ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा युनिलिभर नेपाल लिमिटेडको दुई दशमलव १३ प्रतिशतले घटेको छ।
सोमबार नेप्से परिसूचक नौ दशमलव १९ अंकले बढेर दुई हजार ६३१ दशमलव ४८ विन्दुमा कायम भएको थियो। यसैगरी आइतबार नेप्से परिसूचक २६ दशमलव ५३ अंकले बढेर दुई हजार ६ सय २२ दशमलव २८ को बिन्दुमा कायम भएको थियो।