सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घट्यो, कति छ तोलाको ?

शुक्रबार, असार १३, २०८२

नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रवार घटेर तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको हो । 

यस्तै चाँदीको मूल्य शुक्रवार तोलामा २ हजार १६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको मूल्य तोलामा २ हजार १७५ रुपैयाँ कायम भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ११:३२
प्रतिक्रिया दिनुहोस्