सोसल मिडिया
युनिकोड
नेपाली बजारमा आज (शुक्रबार) सुन प्रतितोला ८०० रुपैयाँ घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्य नै घटेर कारोबार भएको हो ।
सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य ५० रुपैयाँ घटेर दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।