दुईको भाउ बढेको बढ्यै, सुन व्यापारी आन्दोलनमै 

बुधबार, असार ४, २०८२

नेपाली बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९०० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

सुन प्रतितोला एक लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य ६५ रुपैयाँ बढेर दुई हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार १६० रुपैयाँमा कारोबार भएको थियो ।  

सुनचाँदी व्यवसायीहरूले आह्वान गरेको पसल बन्दका कारण राजधानी काठमाडौँसहित बागमती प्रदेशका सुनचाँदी पसलहरू अझै खुलेका छैनन्। व्यवसायीहरू बुधबार राजधानीमा आयोजित राष्ट्रिय भेलामा सहभागी छन्।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्