घुस काण्डमा सफाई पाएका इन्जिनियर पोखरेलले बलात्कार मुद्दामा पनि पाए सफाई

आइतबार, असार १, २०८२

घरमा काम गर्न राखेकी युवतीलाई जवर्जस्ती जबरजस्ती करणी गरेको अभियोग लागेका मध्यपहाडी लोकमार्ग आयोजनाका तत्कालीन निर्देशक इन्जिनियर हरिकुमार पोखरेल निर्दोष ठहरिएका छन्। न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले अभियोग दाबी नपुग्ने ठहर गर्दै उनलाई सफाई दिएको हो। 

पीडितले दाबी गरेको बलात्कार कसुरमा दाबी नपुग्ने ठहर गर्दै अदालतले यौन दुर्व्यवहारमा परिणत हुने आदेश गरेको हो । २०८० असोज ६ गते अदालतमा मुद्दा दर्ता भएपछि १३ गते पोखरेल पक्राउ परेका थिए । सोही वर्ष कात्तिक २० गते न्यायाधीश माधवप्रसाद पोखरेलको इजलासले पोखरेललाई धरौटीमा छाडेको थियो । सिनामंगलस्थित पोखरेलको घरमा काम गर्ने पीडित युवती २६ परिसर (४) ले काममा गएको बेला पटक–पटक जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् । 

यद्यपि, पोखरेल यौन दुर्व्यवहारमा भने दोषी ठहर भएका छन् । पीडितले दाबी गरेको बलात्कार कसुरमा दाबी नपुग्ने ठहर गर्दै अदालतले यौन दुर्व्यवहारमा परिणत हुने आदेश गरेको हो । सिनामंगलस्थित पोखरेलको घरमा काम गर्ने पीडित युवती २६ परिसर (४) ले काममा गएको बेला पटक–पटक जबरजस्ती करणी र यौन दुर्व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् । 

पोखरेल यसअघि ९ लाख घुससहित पक्राउ परेको पाइएको छ । अख्तियारले इञ्जिनियर पोखरेलसहितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ङ) बमोजिम सजाय गरी बरामद भएको सात लाख सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा २०७६ भदौ १३ मा मुद्दा दायर गरेको थियो ।

२०७८ चैतपछि उनले विशेष अदालतबाट सफाइ पाएका थिए ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्