श्रीमतीको नाममा कमिशन कुम्ल्याउने सांसदको कठालो अख्तियारले समात्यो

बिहीबार, जेठ २९, २०८२

सिधा सिधै र चोरबाटो पनि प्रयोग गरेर राज्यको पैसा दम्पच पार्ने कार्यमा लिप्त प्रदेश सांसदको अख्तियारले कठालो समातेको छ। 

उपभोक्ता समितिसँग बुझेको कमिसन श्रीमती र स्वकीय सचिवको खातामा राखेको आरोपमा मधेस प्रदेशसभाका सदस्य सरोजकुमार सिंहलाई अख्तियारले नियन्त्रणमा लिएको हो । 

अख्तियारले विभिन्न उपभोक्ता समिति गठन गरेको देखाइ उपभोक्ता समितिको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिक्न लगाइ आफ्नो, श्रीमती र स्वकीय सचिवकै बैंक खातामा राखेर सरकारी रकम दुरुपयोग गरेको पाइएपछि साँझ ६ बजेर ३ मिनेट जाँदा पक्राउ गरेको जनाएको छ।  

सिंहलाई अख्तियारको टोलीले बिहीबार काठमाडौँको रत्नराज्य विद्यालय क्षेत्रबाट पक्राउ गरेको हो।  अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार पक्राउ परेका सिंहमाथि थप अनुसन्धान जारी छ। उनी मधेश सरकारका पूर्व राज्यमन्त्री समेत हुन्। 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्