सोसल मिडिया
युनिकोड
भिजिट भिषा प्रकरणले प्रतिनिधिसाभाको बैठक निरन्तर अवरुद्द छ। गृहमन्त्री रमेश लेखकको राजीनामालाई लिएर संसद बन्धक बनेको हो। विपक्षी दलले गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग राखेका छन्। भिजिट भिषा प्रकरणको प्रभाव संसद सम्मै परेका बेला यता गृहमन्त्रालय र मन्त्रीको सचिवालयमा रहेका पात्रको चर्चिकला पनि बुझ्नु पर्ने विषय बनेको छ।
भिजिट भिषाका माध्यम बाट मान्छे तस्करी हुने गरेको नौलो विषय भने होइन। लेखक गृहमन्त्री भएपछि मात्र भिजिट भिषाको खेलोमेलो चलेको भने होइन। तर जब लेखक मन्त्री भएर गृह मन्त्रालय भित्रिए त्यसपछि केही महिनापछि बाटै छाडा गतिमा काम हुने गरेको भने घटनाक्रमले नै पुष्टी गरेको छ।
लेखकले आफ्ना निजी सचिव धर्मराज जोशीलाई अध्यागमन बिभागअन्तर्गत सरुवा गरेर रिक्त निजी सचिवमा बद्री तिवारीलाई कुर्सी हस्तान्तरण गरेपछि कुरो बिग्रिन थालेको गृहका अधिकारी बताउँछन्। तिवारी चाहिँदो भन्दा नचाहिँदो काम गर्न रुचाउने पात्र हुन्।
तिवारी दोलखाको सहायक प्रजिअ हुँदै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पीए पनि भएका थिए । देउवाको पीए हुँदै दिल्ली दूताबासमा सरुवा भएका उनी त्यहाँबाट फर्किएपछि गएको कात्तिक ५ गतेदेखि गृहमन्त्री लेखकको निजी सचिव भएका हुन् ।
तिवारीले दरबन्दी बिनै ३ वर्ष दिल्ली दूतावासमा मस्ती गर्न भ्याए। नेपाली राजदूतावास नयाँदिल्लीमा कार्यरत उपसचिवको पारिवारिक भत्ता मात्रै मासिक २ लाख ७६ हजार हुन्छ। पारिवार भत्ता, तलब तथा अन्य सुविधा गरी डेढ लाख माथि पुग्छ। मासिक करिब ४ लाख रुपैयाँ एउटा उपसचिवका लागि दिल्ली दूतावासमा खर्च हुन्छ। दिल्ली दूतावासमा ३ वर्ष एउटा उपसचिव पाल्न डेढ करोड सजिलै खर्च हुने देखिन्छ। दरबन्दी बिनै उपसचिव बद्री तिवारीले डेढ करोड सिध्याएर ‘भिजिट भिसा’मा गृहमन्त्रीको सचिवालयमा पुगेका छन्।
चाँदी काट्न सिपालु तिवारी नै गृहमन्त्री लेखकको रोजाईमा परेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका प्रमुख तिर्थराज भट्टराईलाई आँट र हिम्मत पनि तिवारीले दिने गरेको श्रोतको दाबी छ। भट्टराईलाई भिजिट भिषा काण्डमा मन्त्रालयमा तानिएको छ। उनीमाथि अख्तियारले छानबिन गरिरहेको छ।
पर्वत घर भएका तिवारी शाखा अधिकृत हुँदा गृहमन्त्री लेखकको गृहजिल्ला कञ्चनपुरमा बसेका थिए । त्यहाँ हुँदा लेखकको स्वार्थअनुसार काम गरेर विश्वास जितेका उनी त्यसयता लेखककै छत्रछायामा अकूत आर्जन गरिसकेका छन् । सहकारी डिभिजन ललितपुरको प्रमुख हुँदादेखि हालसम्म उनले चितवनदेखि काठमाडौंको सामाखुसीसम्म घरघडेरी जोडिसकेका छन् ।
बुद्धनगरमा निर्माण गरेको बंगला उनले अकूत सम्पत्तिमा अख्तियारले छानबिन गर्ने भएपछि हतार हतार बिक्री गरेका थिए । पर्वत नै घर भएका कान्छा सहसचिव प्रदीप परियार पनि मंगलबार मात्र भ्रष्ट्राचार मुद्दामा निलम्बित भएका छन्। तिवारी र परियार दुवै पूर्व मुख्यसचिव शंकरदास बैरागी खनाल संग पनि निकट कर्मचारी हुन्। बैरागी पनि पर्वते नै हुन्।