सोसल मिडिया
युनिकोड
काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहको प्यारो हुँदा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले मुद्दाको भारी बोक्नु परेको छ। उनी सहित सातजनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारसहित सातजनाविरुद्ध मुद्दा दायर गरेको हो। ढलनिकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दावी छ।
चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य लगायत प्रतिवादी छन्। वसन्त अधिकारी कानून अधिकृत हुन् । त्यस्तै निर्देशक नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरूद्ध पनि मुद्दा दायर भएको छ।
परियार अहिले सूचना विभागको महानिर्देशक छन् । मुद्दा दर्ता भएपछि उनी निलम्बनमा परेका छन् । कान्छो सहसचिवका रूपमा परियार भाईरल भएका थिए। सहसचिव भएको तीन वर्ष आसपासमै परियार डामिएका हुन् । पर्वत घर भएका उनले सहसचिव भएपछि शहरी विकास मन्त्रालय र योजना आयोगमा काम गरेका थिए। योजना आयोगबाट महानगर हुँदै सूचना विभाग पुगेका परियार निलम्बित भएका हुन् ।