सोसल मिडिया
युनिकोड
सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका भ्रातृ संगठनलाई नयाँ नेतृत्व छान्ने चटारो छ। केही दिन अघि एमालेको भ्रातृ संगठन नेपाल बुद्धिजीवी परिषद्ले नयाँ नेतृत्व पाएको छ। यता, अनेरास्ववियु नयाँ नेतृत्व छान्ने अन्तिम चरणमा छ।
पार्टी नेताका सन्तान भ्रातृ संगठन हाँक्न तम्सिएका छन्। अनेरास्ववियुको केन्द्रीय सदस्यमा मुख्यमन्त्री र मन्त्रीका छोरीले उम्मेदवारी दिएका छन् । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीकी छोरी आहिस्ता कार्की र सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापाकी छोरी यशोदा थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् ।
यता, नेपाल सरकारका सहसचिव नेत्रप्रसाद सुवेदीकी पत्नी डाक्टर टिका ढकाल नेपाल बुद्धिजीवी परिषद्को प्रचार सचिवमा सर्वसम्मत चयन भएकी छन्। स्याङ्जाकी ढकाललाई प्रधानमन्त्री केपी ओलीले बधाई समेत दिईसकेका छन्। टिकाका सहसचिव श्रीमान् गृहमन्त्रालयको बरण्डामा बरालिएर घर जाने गरेका छन्। उनलाई गृहमन्त्री रमेश लेखकले तीन महिना यता जिम्मेवारी नतोकी फाजिलमा राखेका छन्।