सोसल मिडिया
युनिकोड
नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार सुन तोलाको १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।