सोसल मिडिया
युनिकोड
पतञ्जली योगपीठ तथा आयर्वेद कम्पनीले हदबन्दी छुटमा पाएको जग्गा अपचलन प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध पनि भ्रष्टाचार अभियोगमा मुद्दा चलाएको छ।
यस प्रकरणमा देखिएका ४ वटा कसुरजन्य कार्यमध्ये नेपालको संलग्नता एउटा कसुरमा देखिएको अख्तियारले जनाएको छ। र, १८ करोड ५८ लाख ५० हजार रूपैयाँ उनका नाममा बिगो कायम गरिएको छ।
माधव नेपाल सहित उनका सहोदर भान्जा मनोज न्यौपाने पनि सोही मुद्दामा डामिएका छन् ।२०६५ फागुन १५ गते सनराइज बैंक लिमिटेडबाट हदबन्दी नाघेको जग्गा धितो राखी कर्जा प्रवाह गर्ने काम गरेको अभियोगमा न्यौपाने पनि मामा सङ्गै डामिएका हुन् ।
पतञ्जली योगपीठको नाममा रहेको जफत तथा सरकारी सार्वजनिक हुने प्रकृतिको जग्गा विभिन्न व्यक्तिहरूको नाममा कायम गर्ने गराउने बदनियतले मनु घिमिरे लगायतका व्यक्तिहरूलाई बिक्री गर्न दिने र बिक्री गरेपश्चात् उक्त कम्पनीको कर्जावापत पुन: धितोमा राखिदिने गरी सनराइज बैंक लिमिटेडबाट निर्णय गराउन न्यौपाने ज्यान दिएर लागिपरेका थिए।