सोसल मिडिया
युनिकोड
एकै जिल्लाका दुई सरकारी अधिकारी बीचको लफडा सतहमा आएको छ। इलाका प्रहरी कार्यालय सिमरा, बारामा कार्यरत डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी खोसिने गरि लफडा बाहिरिएको हो।
जिम्मेवारी सम्हालेको पाँच महिनामै ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति हालिने तेलको कुपनका विषयमा उनीविरुद्ध उजुरी परेपछि वाइवालाई छानविनका लागि प्रहरी हेडक्वार्टर तानिएको हो ।
जितपुर सिमरा उपमहानगरपालिकाले पेट्रोल थोरै दिएको भन्दै प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंकै सामुन्नेमा कुपन च्यातेपछि डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरले सीडिओ कार्यालय बारा हुँदै हेडक्वार्टरमा उजुरी गरेको थियो ।
सोही विषयमा छानबिनका लागि उनलाई प्रहरी हेडक्वाार्टरले बोलाएको स्रोतले जानकारी दियो । उनको ठाउँमा अर्का डीएसपी बेद जोशी पुगिसकेका छन्। बाराका सिडिओले सक्रियतामा वाईवा यता तानिएकी हुन्।