किन लगातार लत्रिरहेको छ नेप्से परिसूचक ?

बुधबार, जेठ २१, २०८२

पछिल्ला दुई दिनमा धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक करिब ५० अंक घटेको छ । आज (बुधबार) ११ अंकले घटेर बजार २६४६.९५ विन्दुमा बन्द भएको छ ।

मंगलबार बजार ३५.७३ अंक घटेको थियो । पछिल्ला दिनमा नेप्सेगँगै कारोबार रकम पनि घटिरहेको छ । सोमबारयता कारोबार रकम दैनिक घटेको छ । सोमबार नौ अर्ब २२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार ६ अर्ब ६७ करोड र बुधबार (आज) पाँच अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

अंग्रेजी जुन महिनालाई सेयर बजार बढ्ने महिनाका रूपमा लिने गरिए पनि पछिल्ला दिनको कारोबार रकम र परिसूचकको घटाइ अस्वाभाविक जस्तै भएको छ । बजारमा दैनिक ५/६ अर्बको कारोबार भइरहेको छ ।

भर्खरै आईपीओ निष्कासन गरेका ओम मेगाश्री फर्मास्यूटिकल्स र पियोर इनर्जीको सेयर मूल्य लगातार बढिरहेको छ ।

आज कारोबारमा आएका १३ मध्ये म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ भने अरू समूहको परिसूचक घटेको छ । ६६ कम्पनीको सेयर मूल्य बढेको छ । १८१ कम्पनीको सेयर मूल्य घटेको छ ।  

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्