सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले संसदीय समितिबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा मागेकी छिन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद कार्कीले गृहमन्त्रीको राजीनामा मागेकी हुन् ।
गृहमन्त्री लेखकको भिजिट भिसामा संलग्नता रहेको देखिएको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेकी छिन् । छानबिनबाट निर्दोष भए त्यसपछि आएर पुनः मन्त्री हुन कसैले नछेक्ने रास्वपाको सांसद कार्कीले बताइन् । सांसद कार्कीले सरकारले आफ्नो काममा सुधार ल्याउनुपर्नेमा जोड दिएकी थिइन् ।