सोसल मिडिया
युनिकोड
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले जेठ १४ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरे। उनले फोन गर्नुको कारण भने प्रतिनिधिसभाको अवरोध खुलाउन सहयोग माग्नु थियो। माओवादी सहितका विपक्षीले सदनमा अवरोध खडा गरिरहेकै छन्। भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको दोष रहेको र निजले राजीनामा दिनुपर्ने विपक्षीको अडान छ।
यता, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि उनै अध्यक्ष प्रचण्डलाई फोन गरेका छन्। माओवादी केन्द्रसहित विपक्षी दलहरु गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर सदन अवरोधको अवस्थामा रहेकै बेलामा देउवा र प्रचण्डबीचको फोन संवादलाई अर्थपूर्ण रूपमा लिईएको छ।
दुई नेताबीच सदनको अवरोध खुलाउने विषयमा कुराकानी भएको उच्च स्रोतको दाबी छ । यसअघि दुई नेताबीच दाहाल देउवाको गृहजिल्ला पुग्दा फोनसम्वाद भएको थियो । माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामालाई बटमलाईन बनाएको छ ।
गृहमन्त्रीको राजीनामा नआएसम्म सदन सुचारु हुन नदिने विपक्षी दलहरूको अडान छ। अर्कातिर कांग्रेस र माओवादी सहितको सरकार बनाउने गृहकार्य समेत हुन थालेको सूचना प्रधानमन्त्री ओली समक्ष पुगेको ओली निकट श्रोतको दाबी छ।