सोसल मिडिया
युनिकोड
संघीय निजामती विधेयक प्रतिनिधिसभाको आगामी बैठकमा पेस हुने टुंगो लागेको छ। राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको सो विधयेक प्रतिनिधिसभामा टेबुल हुनु अघि नेपाली कांग्रेसनिकट कर्मचारी युनियन सक्रिय बनेको छ। यूनियनले निजामती विधेयकमा सुधारका सुझावको पोको कांग्रेस सभापति शेरबहादुर देउवालाई बुझाएको छ। आईतबार सबेरै एक हूल देउवा निवास पुगेर रत्यौली खेलेर फर्किएको छ।
देउवा निवास पुगेका युनियनका कर्मचारीले अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा ६ महिनादेखि २ वर्षको संक्रमणकाल दिनुपर्ने, अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने, १२ वर्ष सेवा पुगेका कर्मचारीको एक तह बढुवा गर्नुपर्ने, उपसचिव र सहसचिवको परीक्षामा हालकै ५ वर्षे सेवा अवधि कायम राख्नुपर्ने र निजामती कर्मचारीको परिभाषामा तीनै तहका कर्मचारी समेट्नुपर्ने सुझाव बुझाएका छन्।
विधेयकमा देउवाले संसदमार्फत संशोधनका लागि प्रयास गर्ने आश्वासन दिएर कांग्रेसी कर्मचारीलाई बिदाबारी गरेका थिए। यस अघि कुलिंग पिरियड हटाउन माग गर्दै मुख्यसचिव सहितका सचिवहरू पनि देउवा निवासमा देउसी खेल्न पुगेका थिए।