सोसल मिडिया
युनिकोड
विगत चार दिनसम्म लगातार घटेको सुनको मूल्य आज थोरै बढेको छ। गएको सोमबारदेखि बिहीबारसम्म लगातार घट्दै आएको सुनको मूल्य आज प्रतितोला सातसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मूल्य बढेर आज सुन तोलाको एकलाख ८८ हजार पाँचसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ८७ हजार आठसय रुपैयाँ थियो।
गएको सोमबारदेखि हिजोसम्म सुनको मूल्यमा चार हजार रुपैयाँ गिरावट आएको थियो। गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँ घटेको छ। मूल्य घटेर आज चाँदी एक हजार नौसय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।