सोसल मिडिया
युनिकोड
सरकारले नयाँ बजेटमा कर्मचारीको तलब नबढाउने भएको छ। त्यसको साटो महँगी भत्ता भने ५ हजार पुर्याउने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका हुन्।
महंगी भत्ता यस अघि मासिक दुई हजार थियो। अब साउन १ गते देखि थप ३००० कर्मचारीले पाउने छन्। पहिलेको दुई हजारमा तीन हजार थपेर अर्थमन्त्रीले पाँच हजार दिने घोषणा गरेका हुन्।
यस अघि १० देखि १५ प्रतिशत सम्म तलब बढ्ने अड्कल गरिएको थियो। तर त्यो पूरा भएन। कर्मचारीले आशा निराशामा परिणत भएको छ।