सोसल मिडिया
युनिकोड
विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका छन्। अवरोधपछि संघीय निजामती सेवा विधेयक, २०८२ को समितिको प्रतिवेदन कार्यसूचीबाट हटाइएको छ।
प्रतिनिधि सभाको मंगलबार प्रकाशित दैनिक कार्यसूचीको चौथो नम्बरमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेश गर्ने कार्यक्रम राखिएको थियो। तर, बुधबारको कार्यसूचीमा यो बुँदा हटाइएको छ।
विवादैविवादबीच पेश गर्न लागिएको उक्त विधेयकको मस्यौदालाई समितिले पारित गरिसकेपछि पनि केही संशोधन भएको बुझिएको छ। समितिले पास गरेको मस्यौदालाई चलाएको भन्दै त्यसमा पनि विरोध भएको छ। अब उक्त विधेयक कहिले पेस हुने हो टुंगो छैन।