सोसल मिडिया
युनिकोड
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ । बुधबार बिहान बालुवाटारमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा नदिने बरु सदनमा जवाफ दिने निष्कर्ष निकालेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री लेखकसहित दुवै दलका प्रमुख सचेतक सहभागी थिए ।
स्रोतका अनुसार, बैठकमा प्रधानमन्त्री ओली स्वयंले गृहमन्त्रीले राजीनमा दिन आवश्यक नहरेको बताएका थिए । विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरिरहेका छन् । राजीनामाको माग गरेर उनीहरूले मंगलबार नै सदन अवरुद्ध गरेका थिए ।
संसद् भवनमा प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी रहँदा प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए। उक्त कुराकानीमा प्रचण्डसँग ओलीले संसद् सञ्चालनको वातावरण बनाउन आग्रह गरेपछि त्यसको जवाफमा उनले गृहमन्त्रीको राजीनामा नआइ संसद् बैठक सञ्चालन हुन नसक्ने बताएका हुन्।