ओलीले प्रचण्डलाई गरे फोन, देउवाकै अगाडि सुनाए टेको हाल्ने कुरा 

बुधबार, जेठ १४, २०८२

पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गृहमन्त्री रमेश लेखकलाई राजीनामा गराउन आग्रह गरेका छन्।   

संसद् भवनमा प्रचण्डको कार्यकक्षमा विपक्षी दलहरूको बैठक जारी रहँदा प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरेका थिए। उक्त कुराकानीमा प्रचण्डसँग ओलीले संसद् सञ्चालनको वातावरण बनाउन आग्रह गरेपछि त्यसको जवाफमा उनले गृहमन्त्रीको राजीनामा नआइ संसद् बैठक सञ्चालन हुन नसक्ने बताएका हुन्।  

कांग्रेस सभापति देउवा र गृहमन्त्री लेखककै सामुन्ने ओलीले प्रचण्डलाई फोन गरेका हुन्। गृहमन्त्रीको राजीनामा गराए आफूले बरू टेको हाल्ने प्रचण्डले बताएको श्रोतको भनाई छ। 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्