घट्यो आज सुनको भाउ, तोलाको कतिमा अड्कियो ?

सोमबार, जेठ १२, २०८२

सोमबार सुनको मूल्य घटेको छ। नेपाल-सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ७ सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन आइतबार ४ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ पुगेको थियो।

यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार प्रतितोला २ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्