बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

आइतबार, जेठ ११, २०८२

अघिल्लो दिनको तुलनामा आज आइतबार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँ बढेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको हो। 

यसअघि शुक्रबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ४ सय रुपैयाँ थियो। हिजो शनिबार भने सुनचाँदीको भाउ तोकिएन। 

चाँदीको भाउ भने अघिल्लो दिन (जेठ ९ गते शुक्रबार) कै कायम भएको छ। अर्थात् आज पनि चाँदी प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्