सुनको भाउ घट्यो, तोलाको कतिमा ओर्लियो ?

शुक्रबार, जेठ ९, २०८२

स्थानीय बजारमा सुन- चाँदीको मूल्य ओरालो लागेको छ। शुक्रबार सुनको मूल्य तोलामा ११ सय र  चाँदी २० रुपैयाँले घटेको हो। 

नेपाल- सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ११ सय रुपैयाँ घटेर  प्रतितोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ। 

बिहीबार एक तोला सुनको मूल्य १ लाख ९१ हजार ५०० रुपैयाँ तोकिएको थियो। यसैगरी बिहीबार चाँदी प्रतितोला २ हजार २५ रुपैयाँमा खरिदबिक्री भएकोमा आज २ हजार ५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्