सुनको भाउ ह्वात्तै बढ्यो, तोलामा पाँच हजार बढ्दा कति पुग्यो ?

बुधबार, जेठ ७, २०८२

सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (जेठ ७ गते बुधबार) सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सय रुपैयाँमा उक्लिएको हो। 

मंगलबार (जेठ ६ गते) सुन तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो। सुन एक दिनमै ५ हजार महँगो भएको हो।   

सोमबार पनि सुन मंगलबारकै भाउमा किनबेच भएको थियो। आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँ थियो।

त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो। गत वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।

यसैबीच आज चाँदीको मूल्य पनि केही बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो। 

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १०:४७
प्रतिक्रिया दिनुहोस्