सोसल मिडिया
युनिकोड
प्रतिनिधिसभाको बैठक जेठ १३ गतेसम्मका लागि स्थगित भएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकले भूमिसम्बन्धी विधेयक विचार गरियोस् प्रस्ताव पारित गरेको छ । यो प्रस्ताव पारित भएसँगै भूमिसम्बन्धी विधेयक संशोधनका लागि खुला गरिएको हो ।
भूमिसम्बन्धी विधेयकमा धारणा राख्दै सांसदहरूले विधेयकमा अध्यादेशका प्रावधान जस्तो त्यस्तै समेटिएको भन्दै विरोध जनाएका थिए ।
कतिपय सांसदहरूले यस विधेयकले भूमिहीनलाई नभए भू माफियालाई हित गर्ने मत राखेका थिए । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भने सांसदहरूको उक्त जिकिर सही नभएको बताएका थिए ।