आज सुनको मूल्य स्थिर, तोलाको कतिमा हुँदैछ किनबेच ?

मंगलबार, जेठ ६, २०८२

आज (जेठ ६ गते मंगलबार) सुनको मूल्य स्थिर भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन तोलाको सोमबारझैँ १ लाख ८४ हजार ८ सय रुपैयाँमै किनबेच भइरहेको हो। 

आइतबार भने सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार २ सय रुपैयाँमा थियो। त्यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ थियो।

गत वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो। आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ घटेको छ। 

आज चाँदी तोलाको १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँ थियो।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्