बराल, घिमिरे र सुवेदी सचिव बढुवा खान तम्तयार, तत्कालै को हुन्छ सचिव ?

शनिबार, जेठ ३, २०८२

महालेखा नियन्त्रक गणेशप्रसाद पाण्डे ५८ वर्षे उमेरहदका कारण केहि दिन अघि घर गएपछि रिक्त रहेको एक सचिव पदका लागि तीन सहसचिव बढुवा सिफारिशमा पर्ने भएका छन्। सहसचिवत्रय भूपाल बराल, डण्डुराज घिमिरे र डा. खगेन्द्रप्रसाद सुवेदी सिफारिशमा पर्नेछन्।  तीन मध्ये एकलाई मन्त्रिपरिषद्को बैठकले सचिव बढुवा गर्नेछ। 

वरिष्ठ सहसचिव भूपाल बराल अहिले वन तथा वातावरण मन्त्रालयमा कार्यरत छन्। डण्डुराज घिमिरे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन्। त्यस्तै डा. खगेन्द्रप्रसाद सुवेदी लोक सेवा आयोगका मनोविज्ञानवेत्ता हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएपछि उनको ठाउँमा शोभाकान्त पौडेलको बढुवा भइसकेको छ। सचिवमा बढुवा भएका पौडेलको पदस्थापन भने भइसकेको छैन। सिंहभन्दा ५ दिन पछाडि अवकाश भएका महालेखा नियन्त्रक पाण्डेको ठाउँमा बराल, घिमिरे र पाण्डेको नाम सिफारिस गर्ने तयारी भइरहेको हो।

अवकाशको उमेर हद ५८ वर्ष कै हिसाबले हेर्दा  २०३५ सालका बराल भने ५ वर्ष सचिव हुँदा पनि ५८ वर्ष पुग्न त्योभन्दा बढी समय बाँकी रहन्छ। घिमिरे २०८४ साउन १ गतेसम्म सरकारी सेवामा रहन्छन्। ५८ वर्षे उमेर हदका कारण सुवेदी यहीँ (२०८२ भदौं १८ गते अनिवार्य अवकाशमा जाँदैछन्। ६० वर्षे उमेरहद लागु भएको खण्डमा सबैले थप दुई वर्ष बोनस पाउनेछन्। 

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  २१:२८
प्रतिक्रिया दिनुहोस्